सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभामा बैठक स्थगित

२०८२ पुष २२, ०१:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ। 

आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो। सभामुखको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। 

जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि चार महिनासम्म प्रदेश सभाको बैठक बस्न सकेको थिएन। सभा भवन मर्मतपछि केही दिन अगाडिबाट मात्रै प्रदेश सभाको बैठक पुनः सुरु भएको थियो।  

 

कमेन्ट लोड गर्नुस