सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सशस्त्र प्रहरीले गर्यो कम्बल र न्यानो कपडा वितरण

२०८२ पुष २२, ११:२९ खबर संवाददाता

बैतडीः बैतडीमा सशस्त्र प्रहरीले कम्बल र न्यानो लुगा वितरण गरेको छ। विणेश्वर मावि नकालीमा अध्ययनरत १८ जना दलित विद्यार्थीहरुलाई कम्बल वितरण गरिएको छ भने १० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले बताए।

आगामी माघ ९ गते सशस्त्र प्रहरी बल स्थापना दिवस मनाइने र त्यसअघि विभिन्न कार्यक्रम सञ्चालनमा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले बताए।

शुक्रबार सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरिएको छ।

सशस्त्र प्रहरीले समुदायसँगको सम्बन्ध विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको गुल्मपति कुँवरले बताए। लागू औषध दुर्व्यसन नियन्त्रणका लागि विद्यालयहरुमा सचेतनामूलक कक्षा सञ्चालन गर्ने गरिएको उनले बताए।

कमेन्ट लोड गर्नुस