सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कार आरोपमा सेकुवा सेन्टर सञ्चालक पक्राउ

२०८२ पुष २०, ०१:४६ खबर संवाददाता

अत्तरियाः कैलालीको स्याउले बजारबाट बलात्कार आरोपमा होटल सञ्चालक पक्राउ परेका छन। गोदावरी नगरपालिका – ८ मा रहेको काका सेकुवा सेन्टरका सञ्चालक टेकबहादुर साउँद नावालिका बलात्कार आरोपमा पक्राउ परेका हुन।

सोही होटलमा काम गर्ने ती नाबालिकाले आफूमाथी पुस १५ गते बलात्कार गरेको प्रहरीमा उजुरी दिएपछि साउँदलाई शनिबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

मालाखेती इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले घटना घटेको भोलिपल्ट नै पीडितको उजुरीको आधारमा पीडक उपर मुद्दा दर्ता भएको बताए। प्रहरीका अनुसार ती नाबालिका माथी पुस १५ गते रातिको समयमा साउदले बलात्कार गरेका थिए।

कमेन्ट लोड गर्नुस