सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलोचनापछि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने बढ्दै

२०८२ पुष १९, ०३:०८ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीबाट नाम फिर्ता लिने क्रम बढेको छ। पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका तथा चिकित्सक त्रिशला गुरुङ, अभिनेता आशिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

पार्टीको बन्दसूचीमा चर्चित अनुहार समेटिएपछि नातावाद र पारिवारिक सम्बन्धको आलोचना चर्किएको थियो। सोही पृष्ठभूमिमा चारै जनाले जनभावना र समानुपातिक प्रणालीको मर्मलाई सम्मान गर्दै नाम फिर्ता लिएको बताएका छन्।

आशिफ शाहले समानुपातिकबाट सांसद बन्ने बाटो नछान्ने र भविष्यमा प्रत्यक्ष निर्वाचनमार्फत प्रतिस्पर्धा गर्ने बताएका छन्। सचिन ढकालले व्यक्तिगत कारण देखाउँदै सूचीबाट हट्ने निर्णय गरेका हुन्। त्रिशला गुरुङले आत्ममूल्यांकनपछि राजनीति भन्दा कला र स्वास्थ्य सेवामार्फत योगदान दिने बताएकी छन्। टासी लाक्पा शेर्पाले दलगत राजनीतिमा नजाने स्पष्ट पारेका छन्।
 

कमेन्ट लोड गर्नुस