धनगढीको कपडा बैंकलाई काठमाडौँबाट पनि लुगा पठाईयो
साउन २० गते देखि धनगढी उप–महानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा सञ्चालनमा ल्याईएको कपडा बैंकका लागि कुरियर बाट कपडा पठाईएको छ। काठमाडौंको डिल्लीबजार निवासी उत्तममान श्रेष्ठले कुरियार मार्फत लुगा पठाएका हुन्। श्रेष्ठले कुरियर मार्फत २ सय १ थान लुगा सहित एक थान थर्मस र दुई थान बोतल पठाईएको बैंककी सम्र्पक व्यक्ती ज्ञानु शाहले बताईन्।
धनगढी उप–महानगरपालिको वडा नम्बर ४ स्थीत शिवपुरी धाममा स्थापना भएको बैंकलाई धनगढीमा रहेको सुसान्त ग्लास हाउसले समेत २ सय ५ थान लुगा दान गरेको छ। यस्तै धनगढीका व्यवसायी गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको निजी लगानीमा सञ्चालनमा आएको बैंकबाट ईच्छाएको लुगा लैजान पाएको भन्दै धनगढीे वेलाकी पार्वती चौधरीले खुसी व्यक्त गरिन्। अहिले कपडा बैंकमा लुगा लैजानेको घुईचो लाग्ने गरेको छ भने सो अनुसार संकलन भने पर्याप्त हुन नसकेको बैंककी सम्र्पक व्यक्ती शाहले बताईन्।