बाजुराको मार्तडी–कोल्टी सडकखण्डको अनाई खोलामा पक्की पुल उद्घाटन
बाजुराः बाजुराको मार्तडी–कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ७ र ८ को बिचमा पर्ने अनाई खोलामा पक्की पुलको उद्धघाटन गरएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले एक कार्यक्रमका बीच पुलको उद्धघाटन गरेका हुन्।
ठेक्का सम्झौता भएको दुई बर्ष भित्र उक्त पक्की पुलको निर्माण कार्य सम्पन्न भएसंगै नियमित यतायातका साधान चल्ने भएका छन । गत असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलासुस्ती भएको ठेकेदार कम्पनीले जनाएकोे छ।
२०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको थियो । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैँया लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते पुल निमार्णको ठेक्का सम्झौता गरेको थियो ।
भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेट मार्फत पुलको निर्माण गरिएको भौतिक पुर्वाधार कार्यालय अछामले जनाएको छ।
स्थानीयवासीहरूले पुल निर्माणपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुने, सेवा–सुविधामा पहुँच बढ्ने र स्थानीय उत्पादनको बजारसम्म पहुँच सहज हुने अपेक्षा गरेका छन्।