सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

२०८२ पुष १८, ०७:४२ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। 

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट सोही ठाउँ बस्ने २० वर्षीय उमेश राना र धनगढी उपमहानगरपालिका–१५ बस्ने २२ वर्षीय राधेश्याम चौधरी पक्राउ परेका हुन्। दुवै जनालाई  ८१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी थप अनुसन्धान लम्कीचुहा नगरपालिका–२ मोतिपुर बजारबाट लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २३ वर्षीय सुदिप खडकालाई १९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बिहीवार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस