सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नवयुवाहरूले वौद्धिक सम्मेलन गर्ने

२०८२ पुष १६, ०५:३१ खबर संवाददाता

धनगढीः धनगढीका नवयुवाहरूले वौद्धिक सम्मेलन गर्ने भएका छन्। सुदूपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, पर्यटन र भौतिक विकास लगायतका पक्षमा रहेका सम्भावना र चुनौतीहरूको विषयमा ती क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग सघन छलफल र विमर्श गरिने नवयुवा नितिश जोशीले बताए।

आगामी हप्ताभित्रै सम्मेलन गर्ने हिसावले आफूहरूले तयारी गरिरहेको बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। नवयुवा समूहका विष्णु खड्काले छलफलका लागि चयन भएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग छलफल गरेर सम्मेलनको मिति तय गर्ने बताएका छन्।

नवयुवा समूहका अगुवा नितिन जोशीले छलफलपछि दस्तावेज तयार गरिने र उक्त दस्तावेज आगमी निर्वाचनका उम्मेदवारहरुलाई बुझाउने बताए। उनले सुदूरपश्चिमको समग्र विकासका लागि नीति निर्माणको तहमा हुनुपर्ने व्यवस्थाको समेत दस्तावेज बनाएर संघीय, प्रदेश तथा स्थानीय तहमा उम्मेदवार हुने व्यक्तिलाई बुझाउने र सुदूरपश्चिम प्रदेशको विकासका लागि ध्यानाकर्षण गराउने बताए।

सम्मेलनमा धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालदेखि शिक्षा, स्वास्थ्य, पर्यटन, विकास, उद्यमशीलताको क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई एउटै मञ्चमा बसालेर सुदूरपश्चिमको विकासको लागि रोडम्याप के हुनसक्छ भनेर विमर्श गर्ने र निष्कर्षको दस्तावेजीकरण गरेर नीति निर्माणको विभिन्न तहमा बसेकाहरूलाई सो बारे जाकारीका साथै खबरदारी गराइने नवयुवा विष्णु खड्काले बताए।
 
 

कमेन्ट लोड गर्नुस