सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत विश्वको चौथो ठूलो अर्थतन्त्र

२०८२ पुष १६, १२:५९ खबर संवाददाता

काठमाडौँ: भारतले जापानलाई पछि पार्दै विश्वको चौथो ठूलो अर्थतन्त्रको स्थान हासिल गरेको छ। सरकारी आर्थिक समीक्षाअनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ४१ खर्ब ८० अर्ब डलर पुगेको छ, र आगामी २–३ वर्षमा जर्मनीलाई पनि उछिन्न सक्ने अपेक्षा गरिएको छ।

अहिलेको आधिकारिक स्थिति सन् २०२६ मा वार्षिक कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० तथ्याङ्क सार्वजनिक भएपछि मात्र पक्का हुनेछअन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२६ मा भारतको जिडिपी ४५ खर्ब १० अर्ब डलर पुग्ने अनुमान गरेको छ, जुन जापानभन्दा बढी हुनेछ। भारतको जिडिपी सन् २०३० सम्म ७३ खर्ब डलर पुग्ने प्रक्षेपण छ।

यद्यपि, विश्व बैंकका अनुसार भारतको प्रतिव्यक्ति जिडिपी सन् २०२४ मा २,६९४ डलर मात्र रहेको छ, जुन जापान र जर्मनीको तुलनामा निकै कम हो। युवा जनशक्ति ठूलो भए पनि गुणस्तरीय रोजगारी सिर्जना गर्नु भारतका लागि मुख्य चुनौती रहेको छ।
 

कमेन्ट लोड गर्नुस