सुनको भाउ एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घट्यो
२०८२ पुष १५, ०४:३२
काठमाडौँ: सुनको भाउ एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ। सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा झरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार बढ्दो क्रममा रहेको चाँदीको भाउ पनि मंगलबार घटेको छ। सोमबारको तुलनामा चाँदी प्रतितोला ३ सय ५ रुपैयाँले घट्दै ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ।
कमेन्ट लोड गर्नुस