सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बौनियाको ट्याटु हाउसमा युवक मृत फेला

२०८२ पुष १५, ०३:४५ खबर संवाददाता

चौमाला: कैलालीको बर्दगोरिया गाउँपालिका–२, बौनियास्थित एक ट्याटु हाउसभित्र एक युवक मृत अवस्थामा फेला परेका छन्।

स्थानीय दिलिप ढुङ्गानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस सञ्चालन गर्दै आएका भजनी नगरपालिका–८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहका अनुसार चौधरी सटरभित्र मृत अवस्थामा फेला परेका हुन्। घटनाको विस्तृत अनुसन्धान आफन्तहरू आएपछि मात्र अघि बढाइने उनले जानकारी दिनुभयो।

हाल प्रहरीले घटनास्थल सिल गरी नियन्त्रणमा लिएको छ र आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस