टीकापुर र भजनीबाट भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीः कैलालीको टीकापुर र भजनीबाट भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको टीकापुर नगरपालिका–३ शंकरपुर र भजनी नगरपालिका–१ ठिङ्गरपुर स्थित कान्द्रा नदी छेउको बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ९६ हजार ९५० मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको बच्चाको खेलौना, दाल, बिभिन्न किसिमका भाँडावर्तन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।