कैलालीबाट सवारी ज्यान र लागूऔषध मुद्दामा फरार ५ जना पक्राउ
कैलालीः कैलालीबाट सवारी ज्यान र लागूऔषध मुद्दामा फरार ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ९ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय बिराट रावल रहेका छन्।
यसैगरी सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र ४ हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बस्ने दिपक प्रसाद चौधरी, लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने बिजय आचार्य, भजनी नगरपालिका–१ कुडी बस्ने पंचराम डगौरा र लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने नमराज चापागाई पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका पाँचै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।