भारतबाट नेपाल आउने क्रममा कैलालीका रुपक जोशी वेपत्ता
धनगढी: २४ वर्षीय रुपक जोशी भारतको महाराष्ट्र राज्यस्थित मनबाड रेल्वे स्टेशनबाट नेपाल आउँदै गर्दा हराएका छन्। जोशी जानकी गाउँपालीका-२ खैरेनिका स्थानिय हुन्।
उनी मिति २०८२–०९–०४ मा भारतबाट प्रस्थान गरेका थिए र अन्तिम पटक २०८२–०९–०९ मा मध्य प्रदेश राज्यको बुरहानपुरमा सम्पर्कमा आएका थिए।
त्यसपछिका कुनै पनि माध्यमबाट उनका परिवारले सम्पर्क गर्न नसकेको र यस कारण परिवार अत्यन्तै चिन्तित भएको उनका दाई दिपक राज जोशीले जानकारी दिए। उनको स्वास्थ्य अवस्था राम्रो नभएको उनका दाईले भने। परिवारले खोजतलास र आवश्यक सहयोगका लागि सम्बन्धित निकायहरूसँग अनुरोध गरेका छन्।
यस सम्बन्धमा जानकारी वा सहायता दिन चाहने व्यक्तिहरूले तलका सम्पर्क नम्बरमा सम्पर्क गर्नुस्।
नेपालका लागि ९८६५८२८४१६, ९८२६७३७४३०
भारतका लागि ८२९६४०७५३९