सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल पिल्लरमा ठोक्किएर दुर्घटना, चालकको मृत्यु

२०८२ पुष १२, ०८:४१ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाईकल पिल्लरमा ठोक्किएर दुर्घटना हुँँदा चालकको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौर कैलाशधाम तिर्थस्थल नजिक पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको चालक कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की बस्ने २६ वर्षीय अनिष भण्डारीले चलाएको से ४ प ६७६० नम्बरको मोटरसाईकल अचानक अनियन्त्रित भई सडकको दाहिने तर्फको किनारमा रहेको पिल्लरमा ठोक्किएर शुक्रवार साँझ ७ः३० बजे दुर्घटना भएको हो।

मोटरसाईकल दुर्घटना हुँदा चालक भण्डारी घाइते भएका थिए। घाइते चालकको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको छ भने सोही मोटरसाइल पछाडी सवार सोही ठाउँ बस्ने १५ वर्षीय तुफान भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस