चीनमा शक्तिशाली आंधी : १३ जनाको मृत्यु, १६ वेपत्ता
चीनको वेन्लिङ क्षेत्रमा आएको समुद्री आंधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ। १६ जना मानिस हराइरहेका छन्। सांघाई र ताइवानबीचको वेन्लिङमा आंधीपछि पहिरो आएको अधिकारीहरुले जनाएका छन्। लेखिमा नाम दिइएको आंधीका कारण १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ।
विद्युत आपूर्ति बन्द हुंदा २७ लाख मानिस प्रभावित भएको सिन्ह्वाले जनाएको छ। हजारौं उडान रद्ध भएका छन् भने रेल सेवा बन्द भएको छ। लेखिमा विस्तारै उत्तरी झेजियाङ प्रान्ततर्फ अगाडि बढेको लेखिमाले शांघाईमा समेत असर पु¥याउने अनुमान गरिएको छ।