सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

२०८२ पुष १०, ०२:१२ खबर संवाददाता

धनगढी: सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलील हिजो सवारी ज्यान मुद्दाका प्रतिवादी प्रेम भन्ने सुरज थापालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार वारदात मिति २०६५/०५/०७ गतेको सवारी ज्यान मुद्दामा संलग्न रही घटनास्थलबाटै फरार रहेका जिल्ला डडेल्धुरा, आलिताल गाउँपालिका वडा नम्बर ०५ निवासी हाल ४५ वर्षका सुरज थापालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा निजकै घरठेगाना पहिचान गरी पक्राउ गरिएको हो।

पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले लामो समयदेखि फरार रहेका प्रतिवादीलाई कानुनी दायरामा ल्याउन सफल भएको बताउँदै घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस