सडक दुर्घटनाका घाइते जोशीलाई आर्थिक सहयोग हस्तान्तरण
धनगढी: सडक दुर्घटनामा परेर घाइते भएका धनगढी-१३ कैलाली गाउँका अनिरुद्र जोशीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। धनगढीका सिद्धराज पनेरूले आर्थिक सहयोग संकलन गरेर जोशीलाई संकलित रकम हस्तान्तरण गरेका हुन्।
आर्थिक अवस्था कमजोर भएका जोशीको उपचारमा सहयोग पुगोस् भनेर विभिन्न व्यक्तिबाट संकलित दुई लाख २९ हजार ६१६ रुपैयाँ हस्तान्तरण गरिएको पनेरूले बताए। विभिन्न १२१ जनाले प्रदान गरेको उक्त रकम मङ्गलवार जोशीलाई नगदै हस्तान्तरण गरिएको हो।