सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार चोरी गरी ल्याइएका ७ मोटरसाइकल बरामद

२०८२ पुष ९, ११:५२

 

अत्तरियाः कैलालीबाट प्रहरीले भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याएका ७ मोटरसाइकल बरामद गरेको छ। मंगलबार कैलालीको विभिन्न स्थानबाट भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याएका ५ लाख ८० हजार बराबरका ७ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो।

ती मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। नियन्त्रणमा लिएका मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।यस्तै मंगलबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका – १८ निम्बुखेडाबाट भारतबाट भन्सार छली ल्याएका ३३ हजार २५० रुपैयाँ बराबरको इलेकट्रोनिक समान र कपडा बरामद गरिएको छ।
 

 

कमेन्ट लोड गर्नुस