सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यले नयाँ रेकर्ड बनायो, तोलामा २ लाख ६१ हजार ७०० पुग्यो

२०८२ पुष ७, १०:४८ खबर संवाददाता

काठमाडौँः नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो। जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ।

आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियो। यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ४ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

कमेन्ट लोड गर्नुस