सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट झन्डै ९ लाखको सामान नियन्त्रणमा

२०८२ पुष ७, ०८:२० खबर संवाददाता

धनगढीः कैलालीबाट प्रहरीले झन्डै ९ लाखको भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा जंगल स्थित भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याएका अन्दाजी ८ लाख पचास हजार बराबरको ४ वटा मोटरसाईकल जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। उक्त मोटरसाइकल आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगर पठाईएको प्रहरीले जनाएको छ।

यसैगरी विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४० हजार नौ सय पचास बराबरको सामान बरामद गरिएको छ। ५० बन्डल बिडी, धोती, हल्दी सेट, अण्डर ट्राउजर, चिनी, खुर्सानी लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस