धनगढी–५ जाईका मनोज जोशीले गरे कपडा सहयोग
२०८२ पुष ६, ०१:३५
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ २५ थान कपडा सहयोग गरिएको छ।
धनगढी–५ जाई निवासी मनोज जोशीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
कमेन्ट लोड गर्नुस