सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाबाट भन्सार छलीका सामान नियन्त्रणमा

२०८२ पुष ५, ०७:५५ खबर संवाददाता

धनगढीः दुई जिल्लाबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

कैलालीको धनगढी–३ मसान टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७५ हजार मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त मुल्य बराबरको चकलेट, लेहन्गा, उलन सट लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलिमिलाबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० तीन सय दश मूल्य बराबरको सामान बरामद गरिएको छ। कञ्चनपुरबाट उनि तन्ना, सल, सिरक कभर, कफि, लाल सिन्दुर, तुलसी चिया, स्माई ललिपप, सेन्टर फ्रुट लगायतका सामान इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस