बैतडीबाट चरेश मुद्दामा फरार एक जना पक्राउ
२०८२ पुष ४, ०७:४७
बैतडीः बैतडीबाट चरेश मुद्दामा फरार एक जना पक्राउ परेका छन्।
जिल्लाको जिल्ला अदालत दार्चुलाको मिति २०८१ असर ५ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ वर्ष ८ महिना २२ दिन कैद सजाय र १५ हजार जरिवाना तोकिएको बैतडीको पुर्चौडी नगरपालिका४ बस्ने जयबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो। धानुकलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाटपक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस