यो वर्ष कैलाली उद्योग वाणिज्य संघले गर्यो १५ जनालाई सम्मान
धनगढीः सुदूरपश्चिम महोत्सवको अवसरमा कैलाली उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १५ जनालाई सम्मान गरेको छ। महोत्सवको उद्घाटन समारोहमा उनीहरूलाई सम्मान प्रदान गरिएको हो।
सम्मान प्राप्त गर्नेहरूमा भाषा–साहित्यतर्फ डा. टीएन जोशी, स्वास्थ्य क्षेत्रमा डा. प्रदीप मिश्र र डा. मोहन साउँद, स्वास्थ्य तथा समाजसेवामा तीर्थराज पन्त, शिक्षा क्षेत्रमा प्राध्यापक डाक्टर तुलसीराम जोशी, उद्योग–व्यापारतर्फ हेमराज पाठक तथा समाज सेवातर्फ सिबी चन्द रहेका छन्।
यस्तै, पर्यटन क्षेत्रमा कलमबहादुर बम, कृषि क्षेत्रमा रविनकान्त पन्त, महिला उद्यमीतर्फ राजकुमारी चौधरी, लोक–संस्कृतितर्फ चक्र बम, सञ्चार क्षेत्रमा चित्राङ्ग थापा, खेलकुदतर्फ शेरबहादुर सिंह र दिपेन्द्रसिंह ऐरी, तथा युवा उद्यमीतर्फ सुरज रैकालाई सम्मान गरिएको छ।