टीकापुरबाट खैरो हेरोइनसहित ३ जना पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका–८ कर्मीडाडा बस्ने ३१ वर्षीय प्रविण साउद र २६ वर्षीय धनबहादुर चौधरी पक्राउ परेका हुन्। उनीहरुको साथबाट ८६० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी टीकापुर नगरपालिका–९ बालुवाटार चोक स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने २८ वर्षीय कृष्णबहादुर साउदलाई ४ ग्राम ५० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।