चोरी र लागूऔषध मुद्दामा फरार धनगढीका २ जना पक्राउ
धनगढीः चोरी र लागूऔषध मुद्दामा फरार धनगढीका २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चोरी मुद्दामा २ वर्ष कैद सजाय र २० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय मोहन कठायत र लागूऔषध मुद्दामा १ महिना ५ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१ बस्ने ३७ वर्षीय निरन्जन पन्त रहेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।