सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका पदमसिंह महरा बेपत्ता, परिवारको सहयोगका लागि आग्रह

२०८२ मंसिर २२, ०१:०६ खबर संवाददाता

बैतडी: बैतडीको पाटन नगरपालिका–१० हतास किलोगैटेका १८ वर्षीय पदमसिंह महरा शनिबार राति साढे ८ बजेदेखि बेपत्ता भएका छन्। सुस्त मनस्थिती भएका महरा एक्कासी घरबाट निस्केका र त्यसपछि अहिलेसम्म फेला नपरेको उनका बुवा रामसिंह महराले जानकारी दिएका छन्।

बेपत्ता महराले कालो टोपी, कालो जकेट र कालो ट्रयाक लगाएका थिए। परिवारले प्रहरीमा निवेदन दिएको छ भने शनिबार रातिदेखि नै उनको खोजी कार्य जारी रहेको पारिवारिक स्रोतले जनाएको छ।

हराइरहेका पदमसिंह महरालाई फेला पार्ने जो–कसैलाई नजिकको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८४८७५६४०५ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस