सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट साढे ७ किलो चरेशसहित चार जना पक्राउ

२०८२ मंसिर २०, ०८:०० खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाबाट साढे ७ किलो चरेशसहित चार जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ अत्तरिया बजारमा रहेको नमस्ते अन्नपूर्ण होटलबाट शुक्रवार साँझ साढे ६ बजे चरेशसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ बस्ने २८ वर्षीय बमबहादुर धामी, छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने ४२ वर्षीय जनक जाग्री, सुर्मा गाउँपालिका–३ का २५ वर्षीय अमृत बोहरा र दार्चुलाको महाकाली नगरपालिका–२ का ५० वर्षीय रूपसिंह सितोली रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले बताए।

उनकाअनुसार होटलमा चरेशको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले चारै जनालाई होटलबाटै नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट एउटा डिजिटल तराजु समेत बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस