सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

२०८२ मंसिर १९, ०२:४८ खबर संवाददाता

बैतडीः बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति भे १ क १६३९ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल बैतडी लगिरहेको प्रहरीले जनाएको छ। उनि सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गईरहेका थिए। 
 

कमेन्ट लोड गर्नुस