बैतडीमा भीरबाट खस्दा महिलाको मृत्यु
२०८२ मंसिर १८, ०१:५७
बैतडी: बैतडीको सुर्नया गाउँपालिका–८ सेलामा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ।
बाख्रा चराउन गएकी ३१ वर्षीय पार्वती साउँद बुधबार चिप्लिएर भीरबाट लडेकी थिइन्।
स्थानीयका अनुसार घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ।
कमेन्ट लोड गर्नुस