सुदूर नेपाललाई विश्वसँग जोड्दै

कस्तो रहला आज देशभरको मौसम?

२०८२ मंसिर १८, ०६:५३ खबर संवाददाता

धनगढीः हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस