सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजामती कर्मचारी अस्पतालले गर्यो अनलाईनबाट टिकट काट्ने सेवा सुरु

। फोटो स्रोत ।
२०७६ साउन २२, ०५:५३ खबर संवाददाता

निजामती कर्मचारी अस्पतालले अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात गरेको छ। अस्पतालले बुधबारदेखि लागू हुने गरी ओ.पि.डीको टिकट काट्न अनलाईन सेवा सुरु गरेको हो। नयाँ व्यबस्था अनुसार ओ.पि.डी.तर्फ सेवाग्राहीले परीक्षण गर्ने अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म अनलाईनमार्फत टिकट काट्न सक्नेछन्। इ.एच.एस. (पेइङ क्लिनिक)तर्फ परीक्षण गर्नेले अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्म अनलाईनमार्फत टिकट लिन सक्नेछन्।

अस्पतालले अनलाईन सेवा प्रयोग गर्ने सेवाग्राहीलाई विशेष प्राथमिकता दिएको छ। अनलाईन सेवामार्फत टिकट खरिद गर्ने सेवाग्राहीले ओ.पि.डी.मा जचाउन पहिलो ग्राह्यता पाउने र रु ५ फिर्ता समेत पाउने छन्। हाल अनलाईन सेवामा सिमित टिकट राखिएको र विस्तारै सेवाग्राहीको माग अनुसार टिकट संख्या बढाउँदै लग्ने अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस