सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्की चुहा-४ बलियाका जैशी दम्पतीले गरे कपडा सहयोग

२०८२ मंसिर १४, ०५:०८ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ २८ थान कपडा सहयोग गरिएको छ।

लम्की चुहा-४ बलिया निवासी श्रीमान पदम राज जैशी र श्रीमती मिना बजगाइले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। 

हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस