सुरक्षा गोष्ठीको लागी धनगढी आउँदै गृहमन्त्री र प्रहरी अधिकारीहरु
धनगढी: गृहमन्त्री ओमप्रकाश अर्याल भोलि कैलालीको धनगढी आउने भएका छन्। उनीसँगै गृहसचिव तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रहरीका आईजीपीहरू पनि भोलि नै धनगढी पुग्ने कार्यक्रम तय भएको छ।
आगामी १६ गते धनगढीमा आयोजना हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन शीर्ष सुरक्षा अधिकारीहरू धनगढी आउने तयारीमा रहेका छन्। यस गोष्ठी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित सुरक्षा तयारीसम्बन्धी भएको बुझिएको छ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका तर्फबाट सुरक्षा प्रतिवेदन पेश गरिने बताइएको छ।