सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–५ हसनपुरका पन्त दम्पती गरे कपडा सहयोग

२०८२ मंसिर १४, ०४:२७ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ४४ थान कपडा सहयोग गरिएको छ।

धनगढी–५ हसनपुर निवासीे विश्व हिन्दु परिषद नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्ष महेन्द्र राज पन्त र उनको धर्मपत्नी जया पन्त ले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। 
हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस