सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा पुस ९ देखि ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव’ सुरू हुने

२०८२ मंसिर १४, ०१:४९ खबर संवाददाता

अत्तरिया: कैलालीको अत्तरियामा ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव’ पुनः आयोजना हुने भएको छ। सृजनशील युवा क्लबको आयोजना तथा व्यवस्थापनमा पुस ९ गतेदेखि १९ गतेसम्म महोत्सव सञ्चालन हुने जनाइएको छ।

आइतबार पत्रकार सम्मेलन गरी आयोजकले महोत्सव अत्तरियाको पूर्वरोडस्थित सुरक्षा सामुदायिक वनको प्राङ्गणमा हुने जानकारी दिएको हो। क्लबका अध्यक्ष नरबहादुर राईका अनुसार सृजनशील युवा क्लबले २०६६ सालदेखि निरन्तर आयोजना गर्दै आएको महोत्सव २०७२ सालदेखि अत्तरिया उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको थियो। पछिल्ला वर्षहरूमा महोत्सव स्थगित भएपछि यसपटक पुनः सुरु गर्न लागिएको राईले बताए।

उनका अनुसार महोत्सव सफल सञ्चालनका लागि अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसँग समन्वय गरी तयारी अघि बढाइएको छ।
 

कमेन्ट लोड गर्नुस