भजनीबाट भन्सार छलीको ब्याट्री बरामद
२०८२ मंसिर १४, ०७:३०
धनगढीः कैलालीको भजनीबाट भन्सार छलीको ब्याट्री बरामद गरिएको छ।
भजनी नगरपालिका–५ झुट्टाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५५ हजार ९६४ बराबरको २ वटा ब्याट्री इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी शनिवार नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस