मायामेट्रो हस्पिटलको सहयोगमा धनगढी-१२ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
धनगढी: धनगढी उपमहानगरपालिका-१२ जुगेडामा गोल्डेन ज्योति बोर्डिङ स्कुलको आयोजना तथा माया मेट्रो अस्पताल प्रालिको सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शुक्रवार विद्यालय परिसरमा आयोजित शिविरमा उक्त विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका तथा वडाका अन्य व्यक्तिसहित ३५७ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएको माया मेट्रो अस्पतालका जनसम्पर्क व्यवस्थापक जगत महतोले बताएका छन्। शिविरमा हस्पिटलका चिकित्सकहरूले विभिन्न रोग सम्बन्धी स्वास्थ्य परीक्षण गरी परामर्श प्रदान गरेका थिए।
नि:शुल्क स्वास्थ्य शिविरबाट गाउँमै स्वास्थ्य परीक्षणको अवसर पाएको भन्दै विद्यार्थीका अभिभावक तथा स्थानीयले खुसी व्यक्त गरेका थिए।