सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको नवदुर्गास्थित समैजी मन्दिरमा जात्रा हुने

२०८२ मंसिर १२, ०१:२३ खबर संवाददाता

डडेल्धुराः जिल्लाको नवदुर्गा गाउँपालिमा रहेको प्रसिद्व धार्मिक स्थल समैजी मन्दिरमा जात्रा तथा मेला लाग्ने भएको छ।

पालिकाको वडा नम्बर-५ चामामा रहेकाे समैजी मन्दिरमा मंसिर १३ गते शनिवार राति रतेडी तथा आइतवार दिउँसेडी हुने तय भएको स्थानीय युवा सुरेन्द्र विष्टले जानकारी दिए।

नवदुर्गाको समैजी मेला हेर्न डडेल्धुरासहित छिमेकी जिल्ला डोटी, बैतडी र बझाङबाट हजारौंको संख्यामा मान्छे आउने गरेको विष्टले बताए।

समैजी मन्दिर रहेको चामा क्षेत्रलाई देवताको राजधानीको रुपमा लिने जनविश्वास रहेको विष्टले बताए।

समैजी मेलालाई शान्तिपूर्ण सभ्य र भव्य बनाउन सबै भक्तालुजनमा मेला व्यवस्थापन समितिले आग्रह गरेको छ। मेलामा चौलो र धामी झाक्रीहरूको नाचलाई मुख्य आकर्षण मानिन्छ। समैजी मेलामा नै त्यो क्षेत्रका नयाँ धामीलाई सच्याउने परम्परा रहेको विष्टले बताए।
 

कमेन्ट लोड गर्नुस