सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपिएलः जनकपुरका खेलाडीले आमाको नाम लेखिएको जर्सीमा खेल्ने

२०८२ मंसिर १०, ०४:०५ खबर संवाददाता

काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ। जनकपुरले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको हो। 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बिहीबार हुने खेलमा सबै खेलाडीले आआफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जानकारी दिए। उनले भने, “आमाको सम्मानमा उक्त जर्सी लगाउने निर्ण भएको हो।”

बिहीबार पनि उक्त जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सीलाई बिक्रीका लागि अक्सनमा राखिने जनाइएको छ। जर्सी बिक्रीबाट सङ्कलन भएको रकम आमा समूहलाई प्रदान गरिने खतिवडाले बताए। सुरुआती दुवै खेलमा पराजित भएको साविक विजेता जनकपुर बोल्ट्स बिहीबार भने पहिलो जितेको खोजीमा हुनेछ।
 

कमेन्ट लोड गर्नुस