सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा दुई हजार ६५२ मतदाता थपिए

२०८२ मंसिर १०, १२:२५ खबर संवाददाता

दशरथचन्द (बैतडी): जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।

राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले राससलाई जानकारी दिए। यसअघि जिल्लामा एक लाख ५४ हजार २१६ जना मतदाताले परिचयपत्र बनाएका थिए।
 

कमेन्ट लोड गर्नुस