सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ 

२०८२ मंसिर १०, ०७:२७ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

लागूऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा गौरीगंगा नगरपालिका–८ बडैपुर बजारबाट सोही ठाउँ बस्ने ३० वर्षीय हरेन्द्र भाटलाई प्रहरीले पक्राउ गरेको छ। भाटलाई चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ९५० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट धनगढी उपमहानगरपालिका–१३ मोहनपुर बस्ने ३० वर्षीय रुमन चौधरीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ। चौधरीलाई ३ ग्राम ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलाली बाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस