सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपिएलः काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै

२०८२ मंसिर ९, ०४:२० रासस

काठमाडौँ: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ रोजेको हो। करण केसीको कप्तानीमा रहेको काठमाडौँले हालसम्म तीन खेल खेलेको छ। काठमाडौँले दुई खेलमा हार तथा एउटामा जित निकालेको छ। काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ।

यस्तै रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीaले दुई खेल खेलेको छ। एउटामा जित निकालेको लुम्बिनी दुई अङ्कसहित चौथो स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस