सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो प्रयासमै लोक सेवा आयोगको परीक्षामा सात ठाउँमा नाम

२०८२ मंसिर ९, ११:१७ खबर संवाददाता

धनगढीः अछामको मंगलसेन-४ नवविसका लोकेन्द्र बोहरा लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै ७ ठाउँबाट नाम निकाल्न सफल भएका छन्।

२०८१ पुसदेखि २०८२ भदौसम्म बोहराले प्रदेश तथा संघीय लोक सेवाले लिएको हेल्थ असिस्टेन्ट पाँचौं र अहेव चौथो तहमा सात ठाउँमा नाम निकालेका हुन्।

बोहराले पहिलो प्रयासमै गण्डकी प्रदेश लोक सेवा आयोगले लिएको अहेव (चौथो), कर्णाली प्रदेश लोक सेवा आयोगले लिएको हेल्थ असिस्टेन्ट (पाँचौ), कोशी प्रदेशमा हेल्थ असिस्टेन्ट (पाचौं), गण्डकीमा हेल्थ असिस्टेन्ट (पाचौं), कोशीमा अहेव (चौथो), नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक (चौथो) तथा  संघीय लोकसेवा आयोगले लिएको हेल्थ असिस्टेन्ट (पाँचौं) मा नाम निकालेका हुन्।

सात ठाउँमा नाम निकालेका बोहराले तीन ठाउँमा मात्रै अन्तर्वार्ता दिएका थिए। अहिले उनी कालिकोट जिल्लामा हेल्थ असिस्टेन्ट पाँचौ तहमा कार्यरत छन्
 

कमेन्ट लोड गर्नुस