सुदूर नेपाललाई विश्वसँग जोड्दै

४४ करोड वजेट आसेपासे र कार्यकर्ताहरुलाई राखेर उपभोक्ता समिति मार्फत गरिदै (भिडियो रिर्पोट सहित)

कञ्चनपुरको कृष्णपुर नगरपालिको विकासे काम

२०७५ जेठ २, १०:०३

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ४४ करोडका  विकास निर्माणका  कामहरु उपभोक्ता समिति मार्फत भईरहेको छ । एक करोडसम्मका कामहरु उपभोक्ता समिती मार्फत गर्न पाउने व्यवस्था भएपछि कृष्णपुर नगरपालिकाका जन प्रतिनिधिहरुले पनि विकास वजेको ९५ प्रतिशत हिस्सा उपभोक्ता समिती मार्फत गराईरहेका हुन  । आसपासे र कार्यकर्ताहरुलाई खुशी पार्नका लागि उनीहरुलाई उपभोक्ता समितीमा राखेर योजना कार्यान्वयन गर्ने गरिएको छ । उपभोक्ता समितीमा रहेको आसेपासे र कार्यकर्ताहरुले करोडौं रकम गोलमाल गरिरहेको आरोप  पनि  लागेको छ । स्थानीय वासिन्दा र राजनितिक दलका नेताहरुले विकास  वजेट दुरुपयोग भईरहेको गुनासो गरेका छन । 

आर्थिक वर्ष सकिने समय  नजिकिदै गरेका वेला असारे विकासे भईरहेका वेला कञ्चनपुरको कृष्णपुर नगरपालिकामा विकास वजेट सिद्धाउन उपभोक्ता समितीहरुलाई  भ्याई नभ्याई भईरहेको छ । नगरपालिकाको कुल वजेट ५७ करोड ६२ लाख ८५ हजारमध्ये विकास वजेट ४६ करोड ७२ लाख रहेको छ । त्यसमा ४४ करोड वढी विकास वजेट उपभोक्ता समितीलाई दिएर सिद्धाउने काम भईरहेको छ । विभिन्न  १० वटा ३ किलो मिटरका दुई करोड ६२  लाखका सडकहरु टेण्डर मार्फत कालोपत्रे भईरहेको अवस्थामा वाँकी विकास निर्माणका कामहरु उपभोक्ता समिती  मार्फत भईरहेको कृष्णपुर नगरपालिका प्रमुख प्रशासकीय  अधिकृत महेशवहादुर वमले वताए । 

झण्डै एक हजार विकासका योजनाहरुमध्ये आधा स साना योजनाहरु निर्माण सम्पन्न भएका छन ।  एक सय योजनाहरुको सम्झौता वाँकी रहेका वेला चार सय योजनाहरु सम्झौता गरेर कार्यान्वयनका चरणमा गएका छन । ती सवै उपभोक्ता समिती मार्फत  नै भईरहेका छन । ३ किलो मिटर  सडक  कालोपत्रे गर्नका लागि १०  वटा सडक  आयोजनामा २० लाखदेखि ४० लाखसम्मका योजनाहरु टेण्डर मार्फत नै भईरहेका छन । वाँकी योजनाहरु उपभोक्ता समितीले गरिरहेको छ । उपभोक्ता समितीले गरिरहेका  कामहरु अनुगमन भईरहेको कृष्णपुर नगरपालिकाका ईन्जिनियर चुडामणी कलौनीले वताए । 

आर्थिक वर्ष सकिन दुई महिना वाँकी रहँदा ठुलो हिस्सा विकास निर्माणको वजेट अहिले पनि खातामै थन्किएको छ । विकास वजेटको ठुलो हिस्सा खर्च गरेर स्थानीय स्तरमा विकास निर्माणका कामहरुलाई तिव्रता दिनुपर्ने नगरवासीहरुले विकासको मुल फुटेको अनुभुती गर्न सकेका छैनन् । कृष्णपुर नगरपालिकाका जन प्रतिनिधिहरुले पनि विकास वजेको ९५ प्रतिशत हिस्सा उपभोक्ता समिती मार्फत गराईरहेका हुन  । आसपासे र कार्यकर्ताहरुलाई खुशी पार्नका लागि उनीहरुलाई उपभोक्ता समितीमा राखेर योजना कार्यान्वयन गर्ने गरिएको छ । उपभोक्ता समितीमा रहेको आसेपासे र कार्यकर्ताहरुले करोडौं रकम गोलमाल गरिरहेको नेपाली काग्रेंसका महासमिती  सदस्य हेमराज ओझाले आरोप लगाए । 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिने जनताले आशा गरेका वेला जनताको आशा अनुसार स्थानीय तहहरुले काम गर्न सकेका छैनन । जनचाहना अनुसार विकास निर्माणका कामहरु हुन नसक्दा जन प्रतिनिधिहरु प्रति पनि जनताको निराशा वढ्दै गएको छ । तर चालु आर्थिक वर्षभित्रै सवै विकासका योजनाहरु सम्पन्न गराउने  कृष्णपुर नगरपालिकाले जनाएको छ  । 
 

कमेन्ट लोड गर्नुस