एनपिएलः सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्दै
काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा अहिले दोस्रो खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल भइरहेको छ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा कर्णालीले टस जितेर पहिला फिल्डिङ रोजेको हो। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार तेस्रो खेल जित्ने दाउमा छ।
यस्तै सोमपाल कामी नेतृत्वको कर्णाली याक्स दोस्रो जितको खोजीमा छ। कर्णाली पहिलो खेलमा चितवन राइनोजसँगको पराजित भएको थियो। कर्णालीले दोस्रो खेलम शनिबार लुम्बिनी लायन्सलाई हराएको थियो।