कैलालीमा विभिन्न मुद्दाका ४ जना फरार प्रतिबादी पक्राउ
धनगढीः कैलालीमा विभिन्न मुद्दाका ४ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लागूऔषध चरेश मुद्दामा १ महिना ८ दिन कैद सजाय तोकिएको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बस्ने २३ वर्षीय चक्र जैगडी, लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जानकी गाउँपालिका–७ गोलोरी बस्ने २१ वर्षीय शंकर चौधरी, वहु–विवाह मुद्दामा १ बर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएकी टीकापुर नगरपालिका–२ बिजयपुर बस्ने २७ वर्षकी मिना कुमारी चौधरी र बैङ्किग कसुर मुद्दामा ३ दिन कैद सजाय र १५ हजार जरिवाना तोकिएको भजनी नगरपालिका–९ बस्ने बर्ष ३३ वर्षीय बुधराम चौधरी रहेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।