सुदूर नेपाललाई विश्वसँग जोड्दै

 आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिए

२०८२ मंसिर ६, ०५:०७ खबर संवाददाता

काठमाण्डौः देशभर  आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा थप गरेको समय सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो ।

फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको सङ्ख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।  आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय हिजो सकिएको हो ।

कमेन्ट लोड गर्नुस