सुदूर नेपाललाई विश्वसँग जोड्दै

ड्रिमर्स कप २०८२ः सत्यवती र वेस्टर्न क्रिस्टल एकेडेमी फाइनल प्रवेश

२०८२ मंसिर ६, ०४:४८ खबर संवाददाता

धनगढी: ‘ड्रिमर्स कप २०८२’ को फाइनलमा सत्यवती एकेडेमी र वेस्टर्न क्रिस्टल एकेडेमी प्रवेश गरेका छन्। शनिवार सम्पन्न सेमिफाइनल चरणका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै टिम उपाधि भिडन्तका लागि तयार भएका हुन्।

गो ड्रिमर्सको आयोजनामा धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (म्ऋब्) मैदानमा ‘टाइनी क्रिकेटर्स, बिग ड्रीम’ अर्थात् ‘साना क्रिकेटर, ठूला सपना’ भन्ने नारासहित जारी प्रतियोगिताको फाइनल आइतबार बिहान १० बजे हुनेछ।

पहिलो सेमिफाइनलमा वात्सल्या एकेडेमी र सत्यवती एकेडेमी आमनेसामने भएका थिए। टस जित्दै वात्सल्याले पहिले ब्याटिङ रोजेको थियो र निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ५३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सत्यवतीले मजबुत खेल प्रदर्शन गर्दै ६ विकेटले जित हात पा¥यो। आदर्श थापाले २८ बलमा अविजित २७ रन बनाउँदै ‘प्लेयर अफ द म्याच’ बने।

दोस्रो सेमिफाइनलमा वेस्टर्न क्रिस्टल एकेडेमी र एरिस्टो स्कुलबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको वेस्टर्न क्रिस्टलले १० ओभरमा ७ विकेट गुमाउँदै ८३ रनको चुनौती प्रस्तुत ग¥यो। जवाफी ब्याटिङमा उत्रिएको एरिस्टोले ८ विकेटमा मात्र रोकिँदा वेस्टर्न क्रिस्टलले ५ विकेटले जित हात पार्दै फाइनल प्रवेश ग¥यो। अमृत थापाले १५ बलमा ४३ रन प्रहार गर्दै ‘प्लेयर अफ द म्याच’ बने।

यसरी ४ समूहका २२ सहभागी विद्यालयमध्ये उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै सत्यवती (समूह ‘ए’) र वेस्टर्न क्रिस्टल (समूह ‘डी’) उपाधि भिडन्तका लागि तयार भएका छन्। अब आइतबारको फाइनलले ड्रिमर्स कप २०८२ को विजेता र उपविजेतालाई टुंगो लगाउनेछ।

प्रतियोगिता आयोजनाका लागि गो ड्रिमर्सलाई मुख्य प्रायोजक एसपीए कलेज धनगढी, सहयोगी संस्थाका रूपमा धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रायोजकका रूपमा अनिरुद्र जिडी ग्रुप, सुदूरपश्चिम रोयल्स, निशर्ग हस्पिटल, फुड पार्टनर ब्रेड बक्स, प्रोडक्सन पार्टनर फोर्टी टेन, इन्टरनेट पार्टनर वल्र्ड लिङ्क, हेल्थ पार्टनर सिपी हस्पिटल र ड्रिमर्स कप इमर्जिङ प्लेयर स्पन्सर जीवन स्टिकरले साथ दिएका छन्।
 

कमेन्ट लोड गर्नुस